मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आहत छ बर्मेली बस्ती

ekantipur.com · Mon Mar 29 01:10:13 GMT 2021

काँकडभिट्टा — गत माघ १९ को सैन्य ‘कु’ पछि म्यान्मार (बर्मा) मा लोकतन्त्र पक्षधर आन्दोलित छन् । दिनहुँ सरकारविरोधी प्रदर्शन भइरहेको छ । सैन्य दमन पनि तीव्र छ । सञ्चारमाध्यमका अनुसार यसबीचमा ४ सयभन्दा बढी आन्दोलनकारी मारिएका छन् ।

जसमा बालबालिकाको संख्या पनि उल्लेख्य छ । म्यान्मारमा जारी सैन्य दमन र हिंसाको खबरले मुलुकको पूर्वी सीमान्त सहरमा बस्ने बर्मेली–नेपाली चिन्तामा छन् । ‘आन्दोलनमा परेर आफन्तलाई केही भयो कि भनेर राम्ररी निद्रा पर्दैन,’ मेचीनगर–६ बर्मेली बस्तीकी ७० वर्षीया रोहिणी काफ्लेले भनिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)