भोटेकोशी बाढी : नुवाकोटका दुई हजार परिवारको आवासमा क्षति
ratopati.com · Fri Sep 18 16:59:11 GMT 2026

नुवाकोट । गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका चार स्थानीय तहमा बसोबास गर्दै आएका एक हजार नौ सय ५५ परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको हो । बाढीले घर बगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)