भोटेकोशी बाढी : नुवाकोटका दुई हजार बढी परिवारको आवासमा क्षति
baahrakhari.com · Fri Sep 18 17:01:00 GMT 2026

त्रिशूली । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका चार स्थानीय तहमा बसोबास गर्दै आएका एक हजार नौ सय ५५ परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको हो । बाढीले घर बगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)