पीडाबिच खेल्दै इङ्ग्ल्यान्ड र फ्रान्स
barnanmedia.com · Sat Jul 18 03:30:44 GMT 2026
विश्वकप फुटबलमा तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा कुनै पनि टिमले खेल्न नचाहने खेल हो । फाइनल पुग्ने अन्तिम बाधा पार गर्न नसकेको पीडाबिच दुई टिमले तेस्रो स्थानको खेल्ने गर्दछ । यस पटक फाइनलमा पुग्न असफल भएपछि शारीरिक र मानसिक रूपमा थकित फ्रान्स र इङ्ग्ल्यान्डबिच शनिबार राति कांस्य पदकका लागि प्रतिस्पर्धा हुँदै छ । स्पेनसँग सेमिफाइनलमा २–० ले हार्नुअघि उपाधिको प्रमुख दाबेदारका रूपमा प्रस्तुत भएको फ्रान्सले अब सो छवि गुमाइसकेको छ । फ्रान्सले स्पेनविरुद्धको अन्तिम चारमा कमजोर प्रदर्शन गरेको थियो । इङ्ग्ल्यान्ड भने अर्जेन्टिनासँगको सेमिफाइनलमा निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदासम्म एक गोलले अग्रता बनाएर पनि पराजित भएको थियो । इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले पनि भन्नुभयो, “मेरा कुनै खेलाडीलाई यो खेल खेल्ने चाहना छैन । सायद फ्रान्सेली खेलाडीलाई पनि तेस्रो स्थानको खेल खेल्ने इच्छा छैन होला । यी खेलाडी फाइनल खेल्न चाहन्थे ।” यसै गरी फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले आफूले तेस्रो स्थानको खेल खेल्नु पर्छ भन्ने नसोचेको तर वास्तविकतालाई स्विकार्नु पर्छ भन्नुभयो ।
डेसच्याम्पको बिदाइ खेल
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)