मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युक्रेनका लागि टी–सर्ट : अस्ट्रेलियन ओपनमा खेलाडीको देश र बुबाप्रति भावुक सम्मान

barnanmedia.com · Tue Jan 20 21:15:00 GMT 2026

अलि फरक खेल शैली र अझै अनौठा शारीरिक कला (ट्याटु) का कारण चर्चामा रहनुभएकी युक्रेनी खेलाडी ओलेक्सान्ड्रा ओलिनिकोभा मङ्गलबार अस्ट्रेलियन ओपनमा डिफेन्डिङ च्याम्पियन म्याडिसन किजसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिनुभएको छ । तर हारसँगै उहाँले दिएको सन्देश भने खेलभन्दा पनि गहिरो र भावुक रह्यो ।

म्याचपछिको पत्रकार सम्मेलनमा ओलिनिकोभाले लगाउनुभएको टी–सर्टमा युक्रेनी सेनामा रहेका एक सैनिककी छोरीद्वारा लेखिएको सन्देश उल्लेख थियो, जसमा भनिएको थियो, “मलाई युक्रेनी महिला र बालबालिकाको सुरक्षाका लागि तपाईंहरूको सहयोग चाहिन्छ, तर म यहाँ यसबारे खुलेर कुरा गर्न सक्दिनँ ।” ग्रान्ड स्लाम प्रतियोगिताका निर्देशिकाले प्रतिस्पर्धा स्थललाई राजनीतिक अभिव्यक्तिका लागि प्रयोग गर्न नदिने भएकाले उहाँले आफ्नो भावना व्यक्त गर्ने वैकल्पिक माध्यम रोज्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)