पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह
nepalnews.com · Fri Sep 18 17:18:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ। समितिका सदस्य सचिव राजु कटुवालले आज विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)