सुनसरीमा ११० उम्मेदवारद्वारा मनोनयन दर्ता
ratopati.com · Tue Jan 20 21:41:50 GMT 2026

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको चार वटै निर्वाचन क्षेत्रमा ११० उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
सदरमुकाम इनरुवास्थित शिक्षा तामिल केन्द्रमा क्षेत्र नं–२ र ४ को मनोनयन दर्ता सम्पन्न भएको हो क्षेत्र नं १ को धरान तथा क्षेत्र नं ३ को दुहबीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सम्पन्न भएको हो । क्षेत्र नम्बर १ मा २६ जना, क्षेत्र नम्बर २ मा २८, क्षेत्र नम्बर ३ मा २२ तथा क्षेत्र नम्बर ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)