पूर्वअर्थमन्त्री पाण्डेको निधन
rajdhanidaily.com · Sat Jul 18 04:10:48 GMT 2026

काठमाडौं । नागरिक आन्दोलनका अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । ८७ वर्षका पाण्डेको शुक्रबार राति काठमाडौं विशालनगरस्थित निवासमा निधन भएको हो ।
स्वर्गीय पाण्डेको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । तीन महिनाअघि क्यान्सर देखिएका पाण्डे घरमै उपचाररत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)