मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दियाले र पोखरेका किसान व्यावसायिक बाख्रापालनमा

lokaantar.com · Mon Jan 02 00:05:56 GMT 2023

ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यावसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यावसायिक रुपमा बाख्रापालन थालेका हुन् ।

उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लागु भएपछि यहाँका विपन्न किसानमा व्यावसायिकता देखिएको स्थानीयको भनाइ छ । किसान समूहसँगको सहलगानीमा आयोजनाले बियाडका लागि बोयर बोका वितरण गरेको छ । किसान समूहले बोयर बोका पाएपछि यी दुवै गाउँमा खरी बाख्राको नश्न सुधार गरेर बोयरका पाठापाठी उत्पादन शुरु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)