मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषधसहित २३ जना पक्राउ

nepalnews.com · Sat Jun 06 12:09:20 GMT 2026

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट ६, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक/एक जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)