उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
ajakoartha.com · Sat Jul 18 04:14:00 GMT 2026

काठमाडौं- उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा ७२५ वटा मुद्दा फछ्र्याेट गरेको छ । उच्च अदालत तुलसीपुरका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार एक वर्षको अवधिमा अदालतमा दर्ता भएका ८५३ वटा र अघिल्लो आवदेखि जिम्मेवारी सरेका २१२ गरी एक हजार ६५ मुद्दामध्ये ७२५ वटा फछ्र्योट भई हाल ३४० विचाराधीन अवस्थामा छन् ।
कार्यालयले गत आवमा ६५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेका करिब ६८ प्रतिशत फछ्र्योट गरेको हो भने तीन दशमलव शून्य सात प्रतिशतभन्दा बढी मुद्दाको फैसला गरिएको उनले जानकारी दिए । विचाराधीन अवस्थामा रहेका धेरै मुद्दा इजलासमा अन्तिम फैसला गर्नका लागि प्रक्रिया नपुगेका रहेका उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)