बंगाल खाडीमा विकसित मनसुन प्रणालीले नेपालमा २ दिन धेरै ठुलो वर्षा हुने
kendrabindu.com · Sat Jul 18 04:26:10 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) ‘विशेष मौसम बुलेटिन’ जारी गर्दै आज शनिबार र भोलि आइतबार मनसुन थप सक्रिय भई ठुलो वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ।
उल्लिखित २ दिन भीषण वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्नका निम्ति सबै नागरिकलाई सतर्क रहन मौसम महाशाखाले सुझाव दिएको छ। मौसम महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)