‘नारी र पुरुषबीच समानताको प्रत्याभूति हुनुपर्छ’
lokaantar.com · Tue Mar 07 23:48:29 GMT 2023
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकअनुसार नारी र पुरुषबीच समानताको प्रत्याभूति हुनुपर्ने बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज बुधबार शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् ।
शुभकामना सन्देशमा भनिएको छ, ‘लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारा साथ यस वर्ष मनाइँदैगरेको ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभअवसरमा सम्पूर्ण आदरणीय नेपाली नारीमा सुख, शान्ति र समृद्धिको निमित्त हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)