इलाममा तीन महिलासहित २७ जनाको उम्मेदवारी
ratopati.com · Tue Jan 20 22:12:54 GMT 2026

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि इलामका दुई वटा क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी दर्ता भएको छ । मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं २ को तथा सूर्योदय नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं १ को उम्मेदवारी दर्ता भएको हो ।
इलाम क्षेत्र नं १ मा दुई महिलासहित १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए । क्षेत्र नं १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का काजीमान कागते, नेपाली कांग्रेसका निश्कल राई र नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईको उम्मेदवारी दर्ता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)