मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि उद्यमबाट सहकारीमा जम्दै मधेसका महिला

ratopati.com · Tue Jun 02 23:29:03 GMT 2026

महोत्तरी । आम रूपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र गनिन्छ भन्ने गुनासो सुनिन्छ । तर पछिल्ला समयमा मधेसका महिलाले सहकारीका माध्यमले कृषि क्षेत्रका कामबाटै आफूलाई सामाजिक र आर्थिक क्षेत्रमा सफल उद्यमीका रूपमा उभ्याएका छन् ।

महिला मात्र आबद्ध महिला सामाजिक उद्यमी सहकारी मधेसमा स्थापित मानिन्छन् । मधेसका महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र बारासहित छ जिल्लामा महिला सामाजिक उद्यमी सहकारीमा आबद्ध महिलाले पशुपालन, तरकारी खेती र कृषि उत्पादनकै बेचबिखन गरिने पसल संस्थागत रूपमा सञ्चालन गरेर सफल उद्यमीको परिचय बनाएका छन् । महिलालाई यो कार्यमा अन्तर्राष्ट्रिय सामाजिक संस्था हेफर इन्टरनेसनलले सहयोग र उत्प्रेरणा गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)