साइबर अपराध बढ्दो ठगी
gorkhapatraonline.com · Tue Jun 02 23:31:38 GMT 2026

गत हप्ता काठमाडौँको एक सरकारी विद्यालयका शिक्षक आफ्नै प्राचार्यको मोबाइलबाट आएको एक सन्देशबाट ठगिनुभयो । माथिल्लो तलामा रहनुभएका प्राचार्यको मोबाइलबाट भुइँतलामा रहनुभएका शिक्षकलाई ‘म मिटिङमा छु, जरुरी काम प¥यो, २५ हजार रुपियाँ पठाइदिनुहोस्’ भन्ने म्यासेज आयो । कक्षा कोठाबाट बाहिरिँदै शिक्षकले प्राचार्यलाई रकम पठाउँदा ह्वाटस् एप ह्याक भई रकम ठगी भइसकेको थियो ।
अपरिचित डा. भचन खानसँग सामाजिक सञ्जालमा साथी बनेकी एक महिलाले गत महिना आधा केजी सुन उपहार पाउने लोभमा २२ लाख रुपियाँ गुमाउनुभयो । पाकिस्तानी मूलका बताउने ती डा. खान उपहार बोकेर काठमाडौँको त्रिभुवन विमानस्थल आइपुगेका, सुनको भन्सार तिर्नुपर्ने भनी नेपाली महिलासँग रकम माग गरेपछि महिलाले आफूसँग भएको सबै रकम बुझाउनुभयो । प्रहरीका अनुसार डा. खान नामक आइडीबाट ठगिनेमा युवतीदेखि ५० वर्ष काटेका धेरै नेपाली महिला छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)