मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनले ९० अर्ब युरो ऋण सैन्य आवश्यकतामा खर्च गर्ने ईयूको घोषणा

barnanmedia.com · Tue Jan 20 22:11:41 GMT 2026

युरोपेली सङ्घ (इयू) ले युक्रेनका लागि उपलब्ध गराउने ९० अर्ब युरोको ऋण प्याकेजको ठूलो हिस्सा सैन्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेको छ। ब्रसेल्सले बुधबार सार्वजनिक गरे अनुसार यस ऋणको दुई तिहाइ रकम किएभको सैन्य संयन्त्रलाई सुदृढ बनाउन प्रयोग गरिनेछ भने बाँकी रकम सामान्य बजेट र प्रशासनिक कार्यका लागि छुट्याइएको छ। महिनौँसम्म चलेको कूटनीतिक विवादपछि डिसेम्बरमा इयू सदस्य राष्ट्रहरू यो ठूलो परिमाणको सैन्य सहयोग उपलब्ध गराउन सहमत भएका हुन्।

रूसले युक्रेनमाथि सुरु गरेको आक्रमण पाँचौँ वर्षमा प्रवेश गर्न लाग्दा नगद अभाव झेलिरहेको किएभका लागि यो ऋण निकै महत्त्वपूर्ण मानिएको छ। इयू प्रमुख उर्सुला भोन डेर लेयनले यस सहयोगले युक्रेनलाई युद्धको मैदानमा आफ्नो प्रतिरक्षा बलियो बनाउन र राज्यका आधारभूत सेवाहरू सुचारु राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। उनले यो कोष मुख्यतया युक्रेन र युरोपेली देशहरूबाटै हतियार खरिद गर्न प्रयोग गरिने जानकारी समेत दिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)