अमेरिका टुलुटुलु हेरेर बस्दा एआई र साइबर सुरक्षामा चीनले उछिन्यो
nepalkhabar.com · Tue Nov 23 16:50:31 GMT 2021
सेप्टेम्बरमा पेन्टागनबाट राजीनामा दिएकै बेला मैले चेतावनी दिएको थिएँ– तुरुन्तै कदम नचाले एक वर्षभित्रै हामी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को युद्धमा चीनसँग हार्नेछौँ। हामी ढुक्क भएर बसिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीले कयौँ प्रकारका युद्धक्षमतामा हामीलाई भेट्टायो। त्यसभन्दा पनि खराब, एआई र साइबर सुरक्षाजस्ता सबैभन्दा महत्वपूर्ण र निर्णायक क्षेत्रमा उसले उछिन्दा पनि हामी टुलुटुलु हेरे बसिरह्यौँ। पेन्टागनका नेताहरु चीनलाई ‘झण्डै झण्डै बराबरीको शत्रु’ भन्न रुचाउँछन्। तर, उनीहरुको भनाइबाट थाहा हुन्छ, तिनले बेइजिङको क्षमतालाई निकै कम आँकेका छन्।
तर, त्यस्तो गल्ती म गर्दिनँ, तपाईं पनि नगर्नुस्। जसले एआईको प्रतिस्पर्धा जित्छ, यो पृथ्वी उसैले नियन्त्रण गर्छ। अमेरिकाले एआईद्वारा सञ्चालित जेटविरुद्ध सर्वोत्कृष्ट पाइलटहरुलाई भिडाएर भर्चुअल अभ्यास आयोजना गरेको थियो। त्यो अभ्यासमा एआई प्रणालीले नै जित हात पारेको थियो। चीनले हालै परीक्षण गरेको हाइपरसोनिक क्षेप्यास्त्रहरुलाई एआई–सञ्चालित प्रतिरक्षा प्रणालीले मात्र रोक्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)