फाफ डुप्लेसीको विस्फोटक स्ट्राइक रेट: दुई खेलमै प्रतियोगिताको सबैभन्दा प्रभावशाली प्रदर्शन
ratopati.com · Mon Dec 08 17:12:06 GMT 2025
काठमाडौँ। विराटनगर किङ्सका विदेशी स्टार फाफ डुप्लेसी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा स्ट्राइक–रेटका हिसाबले हालसम्म सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा देखा परेका छन् । लीग चरणका २८ खेल सकिँदा उनले केवल दुई खेल खेलेका भए पनि ती दुई इनिङले नै उनलाई प्रतियोगिताको सबैभन्दा प्रभावशाली खेलाडीको रूपमा स्थापित गरेको छ ।
दुई खेलमा उनले जम्मा ६२ रन बनाए पनि उनको स्ट्राइक रेट २१३.७९ रहेको छ, जुन यस संस्करणमा सबैभन्दा उत्कृष्ट मानिएको छ। एक अर्धशतक प्रहार गर्दै उनले छोटो तर अत्यन्त प्रभावशाली ब्याटिङ शैलीका कारण लिगमा ‘इम्प्याक्ट प्लेयर’को छाप छोडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)