डेढकिलो सुनसहित भारतीय नागरिक पक्राउ
gorkhapatraonline.com · Fri Sep 18 18:29:15 GMT 2026

काठमाडौँको असन भेडासिंहबाट झण्डै डेढकिलो सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको कलकता घर भइ हाल काठमाडौँ महानगरपालिका २६ भेडासिंह बस्ने ४१ वर्षीय मानिक दास रहेका छन्।
प्रहरीले एक किलो ४८२.८१ ग्राम सुनका गहना बरामद गरेको छ । उनले त्यहाँ सुनचाँदीका गरगहना अवैध रुपमा बिक्रीका लागि भण्डारण गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)