सुक्खा बन्दरगाहका बेवारिसे ३८० कन्टेनरमा भन्सार छलीका मालवस्तु फेला
nayapatrikadaily.com · Thu Dec 21 00:30:00 GMT 2023
भन्सार विभागले वीरगन्ज सुक्खा बन्दरगाहमा अप्रेसन अभियान चलाउँदा आयात प्रतिबन्धित र कम मूल्यांकन गरेर भित्र्याइएका वस्तुहरू फेला पारेको छ । वीरगन्ज सुक्खा बन्दरगाहको यार्ड र गोदाममा आयात प्रतिबन्ध रहेका र एउटा वस्तुलाई अर्कै नाममा भित्र्याएर लुकाइएका शंकास्पद वस्तुहरू रहेको सूचनापछि विभागले ‘सर्च अभियान’ तीव्र पारेको हो ।
विभागले पहिलो चरणमा भन्सार गोदाम र यार्डमा सन् २०१८ देखि थन्किएर रहेका ६० दिन नाघेका वस्तु रहेका करिब ३८० कन्टेनर खोलेर चेकजाँच सुरु गरेको हो । सर्च अभियानको नेतृत्व विभागका शाखा अधिकृत मधु खनालले गरेका छन् । हालसम्म १८३ कन्टेनरको चेकजाँच सम्पन्न भइसकेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)