संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल
baahrakhari.com · Fri Sep 18 18:34:43 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जबाफदेही प्रशासन वर्तमान आवश्यकता रहेको उनको भनाइ छ । '' आम नागरिकमा विधिको शासन प्रत्याभूत गर्न जरुरी छ । साथै, संविधानबाट प्राप्त अवसर र उपलब्धिहरू संरक्षण तथा संस्थागत गर्न एवम् सुशासन र समृद्धितर्फ अगाडि बढ्न हामी सम्पूर्ण नेपालीहरूको साझा सहमति आजको आवश्यकता हो,'' राष्ट्रपति पौडेलले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)