मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन प्रवर्द्धन गर्ने युवामाथि धरपकड किन? गलतलाई कारबाही होस, सहीलाई संरक्षण

barnanmedia.com · Sat Jun 27 21:50:33 GMT 2026

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन क्षेत्र अहिले अनेक चुनौतीसँग जुधिरहेको छ। एकातिर होटल व्यवसायी, ट्राभल कम्पनी, गाइड तथा पर्यटनसँग जोडिएका हजारौं युवा पर्यटक भित्र्याउन दिनरात मेहनत गरिरहेका छन् भने अर्कोतिर पर्यटकलाई होटल तथा पर्यटन सेवाबारे जानकारी गराउने युवालाई नै शंकाको दृष्टिले हेर्ने र नियन्त्रणमा लिने प्रवृत्ति बढेको गुनासो सुनिन थालेको छ।

विशेषगरी पशुपतिनाथ, एयरपोर्ट ,बौद्ध, ठमेल, पोखरा, चितवन लगायतका पर्यटकीय क्षेत्रमा भारतीय, नेपाली तथा अन्य विदेशी पर्यटकलाई होटल, गाडी, गाइड वा अन्य पर्यटन सेवाबारे जानकारी गराउने युवाहरूलाई प्रहरीले सोधपुछ गर्ने, नियन्त्रणमा लिने वा कारबाही गर्ने घटनाले पर्यटन क्षेत्रभित्र गम्भीर बहस सिर्जना गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)