खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
barnanmedia.com · Tue Jan 20 22:41:55 GMT 2026

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीका अनुसार नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट देवबिक्रम राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट डा हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)