सिन्धुलीगढीमा कृष्णविक्रम थापाको सालिक, ‘सुन्तलीमै’को सम्झना
newsofnepal.com · Sat Jul 18 05:21:06 GMT 2026

काठमाडौं । सिन्धुली जिल्लालाई लोकगीतमार्फत देश–विदेशमा चिनाउन योगदान दिएका स्वर्गीय लोकगायक कृष्णविक्रम थापाको पूर्ण कदको सालिक सिन्धुलीगढीमा निर्माण गरिएको छ। कमलामाई नगरपालिकाले करिब १२ लाख ५० हजार रुपैयाँ लागतमा सालिक निर्माण गरी गायक थापालाई सम्मान गरेको हो।
थापाले वि.सं. २०३६ मा रेडियो नेपालबाट गाएको चर्चित लोकगीत ‘सुन्तलीमै’ मार्फत सिन्धुली र ऐतिहासिक सिन्धुलीगढीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले ‘तोरी लाहुरे’, ‘खैँजडी भजन’ र ‘नेपाल रिमझिम’ लगायतका चर्चित गीत तथा एल्बमहरू सिर्जना गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)