अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन
shilapatra.com · Sat Jul 18 05:24:00 GMT 2026
अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम समाप्त भएको घोषणा गरेपछि इरानमाथि लगातार सातौँ रात हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाले इरानका निगरानी केन्द्र, सैन्य रसद पूर्वाधार, भूमिगत हतियार भण्डारणस्थल तथा समुद्री सैन्य क्षमतामाथि आक्रमण गरेको बीबीसी ले जनाएको छ ।
यता, इरानले कुवेत, जोर्डनलगायत अमेरिकी सहयोगी देशहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । कुवेत र जोर्डनले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले ती आक्रमणहरूलाई निष्क्रिय पारेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)