मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले बिर्सिएको घर

annapurnapost.com · Sun Sep 10 01:06:16 GMT 2023

चितवन : कुनै बेला कार्यकर्ताले भरिने आधा शताब्दी पुरानो दुईतले रातो घर प्रजातन्त्र पुनस्र्थापनाको लडाइँका बेला कांग्रेसका कार्यकर्ता खुबै धाउने घर हो। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले यही घरबाट पञ्चायत विरोधी राजनीतिक र रणनीतिक योजना तयार गर्थे। आफ्ना घनिष्ट मित्र श्यामकृष्ण प्रधानको घर बीपी कोइरालाले आफ्नै घरजस्तो ठान्थे। कोइराला मुलुकका लागि रणनीति बनाउँथे। यो बीपीको मनपर्ने थलो हो। देश दौडाहाका क्रममा यही घरमा बसेर कार्यकर्तालार्ई प्रशिक्षण दिन्थे।

यो घरलाई कांग्रेसले बिर्सिएको छ। यो घर अहिले सुनसान छ। पार्टीको गतिविधि सञ्चालन हुने प्रधानको घरको कांग्रेसलार्ई कुनै वास्ता नभएको देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)