पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक
nepalnews.com · Wed Jun 03 00:26:34 GMT 2026

कास्की। विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवर्द्धनको सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
सरोज गुरागाईं