विद्यार्थी अभावले प्राविधिक पढाइ बन्द हुने अवस्था
gorkhapatraonline.com · Wed Jun 03 00:30:15 GMT 2026

सामुदायिक विद्यालयले सञ्चालन गरिरहेको प्राविधिक धारको पढाइ बन्द हुने अवस्थामा पुगेको छ । विद्यार्थीलाई सिपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सरकारले २०७० सालदेखि सामुदायिक विद्यालयमा प्राविधिक धारको पढाइ सुरु गरेको थियो । यस अन्तर्गत कक्षा ९ देखि नै विद्यार्थीलाई सामान्य धारभन्दा फरक तरिकाले प्राविधिक विषय पढाइन्छ ।
प्राविधिक धार अन्तर्गत इन्जिनियरिङ, कृषि, जीवविज्ञान अन्तर्गत विभिन्न विषयको पढाइ हुन्छ । यी विषयको पढाइ कक्षा १२ सम्मको हुन्छ । कक्षा १२ उत्तीर्ण गरेपछि सम्बन्धित विषयमा स्नातक तहमा भर्ना हुन पाइन्छ भने पाँचौँ तह बराबरको सरकारी सेवामा रोजगारीमा प्रतिस्पर्धा गर्न पनि पाइन्छ । यति धेरै सुविधा हुँदाहुँदै पनि पर्याप्त विद्यार्थी नहुँदा धेरै विद्यालयमा यो धारको पढाइ बन्द हुने अवस्थामा पुगेको छ । नागरिकमा प्राविधिक धारको पढाइको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले सरकारले विद्यालय तहदेखि नै यो पढाइ सञ्चालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)