मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि ३५ जनाको आवेदन [सूचीसहित]

himalpress.com · Wed Jun 03 00:31:45 GMT 2026

काठमाडौँ- गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि ३५ जनाको आवेदन परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ ७ गते जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको अवधिभित्र ३५ जनाले आवेदन दिएका हुन् ।

छनोट प्रक्रियाअनुसार, अब आवेदकहरूले आफ्नो कार्य योजना प्रस्तुत गर्नुपर्नेछ । उम्मेदवारहरूको कार्य योजना र प्रस्तुतीकरणको मूल्याङ्कनका आधारमा छनोट समितिले नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । ती सिफारिस भएका नाममध्येबाट एक जनालाई महाप्रबन्धक पदमा नियुक्त गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)