विमानस्थल विस्तारका लागि पच्चिस करोड बजेट
gorkhapatraonline.com · Wed Jun 03 00:42:24 GMT 2026

दाङको टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा २५ करोड रुपियाँ विनियोजन गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको विमानस्थलको धावनमार्ग विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले जानकारी दिनुभयो ।
हालको ७५० मिटर धावनमार्गलाई विस्तार गरी एक हजार पाँच सय मिटर पु¥याउन उक्त बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । “यो बजेट विनियोजन भएसँगै टरीगाउँ विमानस्थलमा ठुला जहाज सञ्चालनको आधार तयार भएको छ,” उहाँले भन्नुभयो, “धावनमार्ग विस्तार भएपछि ७२ सिट क्षमतासम्मका विमान सञ्चालन गर्न सकिने छ ।” यसले दाङसहित लुम्बिनी प्रदेशका नागरिकलाई हवाईसेवामा सहज पहुँच प्रदान गर्नुका साथै आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महìवपूर्ण योगदान पुग्ने अपेक्षा आफूले गरेको सांसद सुवेदीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)