पुनः श्रम स्वीकृति प्रक्रिया पूर्ण स्वचालित
gorkhapatraonline.com · Wed Jun 03 00:47:56 GMT 2026

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ । सरकारको सयबुँदे कार्यसूची अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने १० वटा योजना अनुरूप श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
विभागका अनुसार यसअघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका र सोही देश तथा सोही कम्पनीमा पुनः कामका लागि जान चाहने श्रमिकले मात्र यो स्वचालित प्रणालीमार्फत आवेदन दिन पाउने छन् । विभागले अघिल्लो साता बसेको मन्त्रीस्तरको बैठकको निर्णय अनुसार यो व्यवस्था मिलाएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)