पारदर्शितामा प्रहरीको भूमिका महत्वपूर्ण
gorkhapatraonline.com · Wed Jun 03 00:56:50 GMT 2026

। नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय प्रणालीको पारदर्शिता कायम गर्न नेपाल प्रहरीको अनुसन्धान प्रभावकारी हुने बताउनुभएको छ । नेपाल राष्ट्र बैङ्क तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा मङ्गलबार गभर्नर पौडेलले नेपाललाई ‘ग्रे लिस्ट’ बाट निकाल्न अनुसन्धानमा समन्वय आवश्यक रहेको बताउनुभएको हो ।
‘सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य, आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी’ सम्बन्धी अपराध अनुसन्धान अनुशिक्षणमा गभर्नर पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धीकरण, आतङ्कवादी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धी अपराध नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि सम्पति शुद्धीकरणका मुद्दाको अनुसन्धान, अभियोजनमा दक्षता जरुरी रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)