मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उल्लेख्य बढे पर्यटक, भारतीयको सङ्ख्या उच्च

gorkhapatraonline.com · Wed Jun 03 00:59:52 GMT 2026

सन् २०२६ को मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनमा मात्र एक लाख दुई हजार ६२६ विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन् । यो सङ्ख्या सन् २०२५ को मेको तुलनामा १९ प्रतिशतले बढी हो भने कोरोना महामारीअघि सन् २०१९ को मेको तुलनामा ३१ प्रतिशतले बढी हो । बोर्डका अनुसार सन् २०२५ को मेमा ८६ हजार २१६, सन् २०२४ को मेमा ९० हजार २११ र सन् २०१९ को सोही अवधिमा ७८ हजार ३२९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको मेमा सन् २०२५ को भन्दा १९ प्रतिशत र सन् २०१९ को सोही अवघिको तुलनामा ३१ प्रतिशतले पर्यटक आवागमन बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)