सीमा विवादबारे प्रधानमन्त्री फेरि संसदमा बोल्न तयार : सरकार
barnanmedia.com · Wed Jun 03 00:52:23 GMT 2026

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाह आवश्यकता परे पुनः संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन्।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पोखरेलले सरकारले सीमा, राष्ट्रिय स्वाधीनता र कूटनीतिक विषयलाई गम्भीर रूपमा लिएको बताए। उनले संसदमा उठेका प्रश्नहरूको जवाफ दिन सरकार जिम्मेवार रहेको उल्लेख गर्दै प्रधानमन्त्री स्वयं पनि आवश्यक परे थप स्पष्टिकरण दिन तयार रहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
बालेन शाह