मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तयार हुँदै छ ‘मध्यविन्दु स्तम्भ’

gorkhapatraonline.com · Sat Jun 06 12:21:59 GMT 2026

पूर्व–पश्चिम राजमार्गको मध्य भागको पहिचान झल्काउने ‘मध्यविन्दु स्तम्भ’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत डण्डा–चोरमाराबीचमा पर्ने वन क्षेत्रमा सो स्तम्भ निर्माण गरिएको हो ।

पूर्व–पश्चिम राजमार्गको करिब एक हजार २८ किलोमिटर दूरीको ठीक मध्यबिन्दु (५१४ किमी) अर्थात् पूर्वमा मेची पुल र पश्चिममा गड्डाचौकीबाट बराबर दूरीमा पर्ने, नारायणगढ–बुटवल सडकखण्डको डण्डा–चोरमारा जङ्गलबीचको यो ऐतिहासिक स्थान अब आफ्नो पहिचानसहित तयार हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)