आगामी आर्थिक वर्षको बजेट सकारात्मक, हस्तकला क्षेत्र उत्साहित
kendrabindu.com · Wed Jun 03 01:03:03 GMT 2026

काठमाडौं । नेपाल हस्तकला महासङ्घले आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएको बताएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष राजमान बज्राचार्यले आज एक विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले स्वदेशी उद्योग र हस्तकला क्षेत्रलाई प्रोत्साहन गर्ने बताए ।
महासङ्घले बजेटले आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन र कर प्रणालीमा सरलीकरणलाई प्राथमिकता दिएको भन्दै यसको स्वागत गरेको छ । बजेटले २७३ प्रकारका औद्योगिक कच्चापदार्थमा भन्सार दर घटाएको र ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको विषयलाई सकारात्मक रूपमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)