बुटवल कोरा २०२६: ५ देखि ६० वर्षसम्मका राइडर सहभागी
nepalpress.com · Sat Jul 18 06:16:36 GMT 2026
रूपन्देही । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा भएको साईकल रयालीमा ५ वर्षका दुई बालकदेखि ६० वर्षसम्मको दुई दर्जन साईकल राइडरहरु सहभागी भएका थिए ।
मणिमुकुन्द कलेज परिसरबाट बिहान ६ बजे शुरु भएको रयाली देविनगर, बुद्धनगर हुँदै नयाँगाउँ स्वामीनारायण मुक्तिनाथ धाममा पुग्दा धामका पिठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजले विशेष स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)