आगामी दुई दिन अतिभारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
barnanmedia.com · Sat Jul 18 06:08:20 GMT 2026

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज र भोलि आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको छ । त्यस्तै, देशका हिमाली तथा पहाडी भूभाग, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)