किन गर्छन् अर्जेन्टिनी खेलाडी 'टोपो जिजियो' सेलिब्रेसन?
barnanmedia.com · Sat Jul 18 06:13:29 GMT 2026
यो तस्बिरमा लियोनेल मेस्सीले २०२२ को कतार विश्वकपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध गोल गरेपछि ठ्याक्कै यही शैलीमा सेलिब्रेसन गरेका थिए।
म्याचअघि डच म्यानेजर लुइस भान गाल (Louis van Gaal) ले मेस्सी र अर्जेन्टिनी टोलीको आ'लोचना गर्दै "मेस्सीसँग बल नहुँदा उनी खेलमै हुँदैनन्" भन्ने खालको टिप्पणी गरेका थिए। भान गालले विगतमा बार्सिलोनामा रहँदा रिकेल्मे (मेस्सीका आइडल) लाई पनि बेवास्ता गरेका थिए। त्यसैले मेस्सीले भान गालकै अगाडि उभिएर रिकेल्मेको शैलीमा सेलिब्रेसन गर्दै आलोचकहरूलाई शान्त रहन र आफ्नो खेल सुन्न (Hear me now) चुनौती दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)