अझै असुरक्षित साइकल यात्रा
nepalnews.com · Wed Jun 03 01:15:00 GMT 2026

सानैदेखि साइकल चलाउन बानी परेकी ललितपुर, बुङ्मतीकी ६१ वर्षीया महेश्वरी विष्ट सहरमा आवतजावत गर्न पनि साइकल नै रुचाउँछिन्। तर, सडकमा ठूला सवारीसाधनसँग जहिल्यै तँछाडमछाड गर्नुपर्छ। उनी भन्छिन्, “कतै कतै साइकल लेन भनेर रंग्याइएको छ, त्यो छुट्टै (डेडिकेटेड) साइकल लेन होइन, त्यसैले सुरक्षित छैन।” ठूला चारपांग्रे सवारीसाधनका चालकले लेन मिच्ने हेपाहा प्रवृत्ति पहिलेभन्दा कम भए पनि पूर्ण रूपमा सुध्रिनसकेको उनको अनुभव छ। “समूहमा साइकल चलाउँदा खासै जोखिम हुँदैन, एक्लै हुँदा पेलिहाल्छन्,” उनी भन्छिन्।
विष्ट अवकाशप्राप्त निजामती कर्मचारी हुन्। उनले विभिन्न जिल्लामा महिला विकास प्रमुखको जिम्मेवारी सम्हालिन्। सोही क्रममा ‘मोबिलिटी’ ले मात्रै महिला सशक्तीकरण हुने महसुस गरिन् र त्यसका लागि साइकल सिकाउन थालिन्। २०७७ सालयता उनले सात हजार महिलालाई साइकल सिकाइसकेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)