सञ्चार मन्त्री तिमिल्सिना र स्टारलिंककी निर्देशक हन्टरबिच भेटवार्ता
barnanmedia.com · Wed Jun 03 01:49:06 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा। विक्रम तिमिल्सिना र स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरबिच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा उनीहरू भेटवार्ता भएको हो ।
भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको बताइन् । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भए मात्र अनुमति लिन सकिने धारणा उनले राखिन् । व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको उनले जानकारी गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ