मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इस्माको घुम्ती शिविरबाट १४ सयभन्दा बढी लाभान्वित

gorkhapatraonline.com · Wed Jun 03 01:50:02 GMT 2026

गुल्मीको इस्मा गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट १४ सय भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नागरिकको घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले छवटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको थियो।

शिविरमार्फत सबैभन्दा बढी पशुपन्छी औषधि तथा उपचार सेवा प्रदान गरिएको छ। उक्त सेवाबाट ६८४ जना लाभान्वित भएका छन्। साथै कुकुर, बिरालो र राँगासहित ३१५ वटा पशुमा रेबिजविरुद्धको खोप लगाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय