‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार
ekantipur.com · Tue Jun 18 16:52:24 UTC 2024
काठमाडौँ — काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल प्रांगणमा सञ्चालित ‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ । उपभोक्ताको गुनासो आएपछि अनुगमनमा पुगेका महानगरपालिकाको टोलीले उक्त फार्मेसीबाट म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएको थियो ।
काठमाडौं महानगरपालिकाका अनुसार अनुगमनको क्रममा २ देखि ८ डिग्री सेन्टिग्रेडका बीचमा कायम गर्नुपर्ने भ्याक्सिन र इन्सुलिन १३ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको पाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)