इरान-अमेरिका सैन्य तनाव फेरि उत्कर्षमा- कुवेत र बहराइन इरानी आक्रमण
lokaantar.com

इरान र अमेरिकाबिचको सैन्य तनाव फेरि एकपटक उत्कर्षमा पुगेको छ। बुधबार इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी घातक मिसाइल र ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार इरानको कदमअघि अमेरिकी सेनाले इरानको क्युशम (केशम) टापु र अन्य सैन्य ठेगानाहरूमा तीव्र बमबारी गरेको थियो।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले कुवेत र बहराइनमा तैनाथ अमेरिकी नौसेनाको पाँचौँ बेडे (फिफ्थ फ्लिट) को मुख्यालय, एयरबेस र हेलिकप्टरहरूमा सफल आक्रमण गरेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार अमेरिकाले इरानको मुख्य तेल बन्दरगाह खार्क टापुतर्फ जाँदै गरेको इरानसँग सम्बन्धित एक तेल ट्याङ्करमा आक्रमण गरेपछि र क्युशम टापुको सञ्चार टावरमा हवाई हमला गरेपछि त्यसको कडा जवाफस्वरूप यी क्षेत्रहरूमा मिसाइल प्रहार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)