रास्वपाप्रति ज्ञानेन्द्र शाहीको तीखो प्रहार, ‘घण्टीको समर्थक हुँ’ भन्न पनि लाज लाग्ने अवस्था आएको दाबी
barnanmedia.com · Sat Jul 18 07:14:02 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै कडा राजनीतिक टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा चर्चामा रहेको आफ्नो अभिव्यक्तिमा उनले नयाँ भनिएका दलहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
शाहीले रास्वपाको साख खस्कँदै गएको दाबी गर्दै भनेका छन्, "कतिपयलाई आफू घण्टी पार्टीको समर्थक वा सदस्य हुँ भनेर भन्नसमेत घिन र लाज लाग्ने अवस्था सिर्जना भएको छ।" संसद् र सरकारमा रास्वपाले चालेका पछिल्ला कदम र राजनीतिक समीकरणमा देखिएको उतारचढावप्रति असन्तुष्ट नागरिकको भावनालाई आफूले व्यक्त गरेको उनको संकेत थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)