चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च–१२बीको सफल प्रक्षेपण
kendrabindu.com · Wed Jun 03 02:15:08 GMT 2026

बेईजिङ । चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमअन्तर्गत विकसित ‘लङ मार्च–१२बी वाई–१’ वाहक रकेटको पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रक्षेपण चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट सोमबार अपराह्न ४:४० बजे गरिएको थियो ।
प्रक्षेपणपछि रकेटले छ्यानफान उपग्रह समूहका लागि तयार गरिएका नेटवर्किङ उपग्रहहरूलाई सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षामा पुर्याएको चिनियाँ पक्षले जनाएको छ । सबै उपग्रहहरू योजना अनुसार आफ्नो कक्षामा स्थापित भएपछि अभियानलाई पूर्ण रूपमा सफल घोषित गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)