मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दामन भ्यु टावर पुनः सञ्चालन

gorkhapatraonline.com · Thu Dec 28 00:39:54 GMT 2023

राममणि दाहाल

हेटौँडा, पुस १२ गते । कोभिड–१९ को महामारीसँगै बन्द भएको मकवानपुरको दामनस्थित दृश्यावलोकन स्तम्भ पुनः सञ्चालनमा आउने भएको छ । थाहा नगरपालिकामा सञ्चालनको जिम्मा रहेको नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक दामन भ्यु टावर निजी क्षेत्रले सञ्चालन गर्ने गरी सम्झौता भएको हो । नगरपालिका र रिसोर्टबिच २० वर्षका लागि एक करोड रुपियाँमा सञ्चालन गर्न दिने सम्झौता गरिएको छ । थाहा नगरपालिकाका वरिष्ठ सहायक सुदर्शन पहेलीले दामन भ्यु टावर रिसोर्ट प्रालिलाई २० वर्षका लागि सञ्चालन गर्न दिने गरी सम्झौता भएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)