मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

महादेवको आराधना र सोमबारको महत्व

rajdhanidaily.com · Tue Jul 18 23:36:43 GMT 2023

२०८० सालको साउन महिनामा पाँच सोमबार परेको छन् । शिवको आराधनाका लागि साउनको सोमबमर नेपाल, भारतलगायत विश्वभरका हिन्दुहरूका लागि ठूलो महत्व छ । साउनको सोमबार पशुपतिनाथलगायत विश्वका शिव मन्दिरमा आराधनाको लागि भीड लाग्न थाल्छ । साउनको सोमबारमा पशुपतिनाथ र शिपाडोलमा अवस्थित डोलेश्वर महादेवलगायत गोकर्ण, कुम्भेश्वर, गोसाइकुण्ड पिण्डेश्वर आदि शिव मन्दिरमा भक्तजनको ठूलो संख्यामा महिला पुरुषको पूजाआराधनाका लागि उपस्थिति हुन्छ । पशुपतिनाथ र केदारनाथ र डोलेश्वर महादेवको अपरम्पार महिमा छ । डोलेश्वर महादेन केदारनाथका शिरका रूपमा मानिन थालिएको छ । पशुपतिनाथ र डोलेश्वर महादेवको महिमा अपरम्पार छ । हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौं उपत्यका रूद्रको अति नै प्रिय क्षेत्र हो । प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको उल्लेख छ ।

पशुपतिनाथलाई शिव, महादेव, रूद्र, किरातेश्वर, शंकर, शम्भु, ज्योतिलिंग आदि विभिन्न नामले पुकारिन्छ । हिन्दु तथा बौद्धहरूले पशुपतिनाथको साथै डोलेश्वर महादेव, अमरनाथ, विश्वनाथ, कैलास–मानसरोवर, गोसाइकुण्डलाई शिवजीको तपोभूमिका रूपमा मान्छन् । महादेवको पूजा आराधनामा शिवरात्री, बालाचतुर्दशी, साउने सोमबार अति नै प्रिय मानिन्छन् । नेपाल र भारतका शिव मन्दिरमा सोमबारको दिन राताम्य महिलाहरू र विभिन्न भेषका पुरुष भक्तजनबाट बोलवम भन्दै पवित्र, नदी, तालबाट घडाका घडा जल महादेवमा चढाउने काम गरिन्छ । विशेष गरेर साउने सोमबार महिलाले आफ्ना पति, सन्तानको समृद्धिको कामना गरेर उपवास (व्रतमा) लिन रहन्छन् । हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौं उपत्यका रूद्रको अति नै प्रिय क्षेत्र मानिन्छ । पशुपतिनाथकै प्रतापले गोसाइकुण्ड, पिण्डेश्वरलाई पवित्र क्षेत्रका रूपमा लिइन्छ । त्यस्तै, अमरनाथ, विश्वनाथ, कैलाश मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा विश्वभरका हिन्दु तथा बौद्धहरू मान्ने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)