पूर्वअर्थमन्त्री पाण्डेको पशुपति आर्यघाटमा अन्त्यष्टि
corporatenepal.com · Sat Jul 18 07:49:22 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । उनको शव पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्नुअघि श्रद्धान्जलीका लागि राखिएको थियो ।
नागरिक अगुवाको रुपमा समेत चिनिएका पाण्डे क्यान्सर रोगबाट पीडित थिए । उनको शुक्रबार ८७ वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसले पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)